शैक्षिक

दुई अध्यक्ष हुनु भनेको एउटा ट्याम्पो चलाए जस्तो नभई जेट विमान चलाए जस्तो : अध्यक्ष/प्रम ओली



जेष्ठ ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आउँदो चुनावमा आज निमार्ण भएको पार्टी दुई तिहाई मात्र नभई कम्तीमा तीन चौथाई मतका साथ विजयी हुने घोषणा गरेका छन् ।

आज पार्टी घोषणा कार्यक्रममा वोल्दै अध्यक्ष तथा प्रम ओलीले न्याय, विकास तथा सुशासन तर्फको यात्रा मजबुद होस भन्ने अग्रजहरुको चाहना पुरा भएको वताएका छन् । उनले पार्टीमा दुई अध्यक्ष हुनु भनेक एउटा ट्याम्पो चलाए जस्तै नभई जेट विमान चलाए जस्तो वताउँदै उनले जेट विमानमा ट्याम्पोमा जस्तो एक जना ड्राइभर हुने नभई जेट विमानमा दुई जना पाइलट भए जस्तो बताएका छन् ।

उनले भने ‘पार्टीको पंति भनेको नै जनता तथा आफ्ना कार्यकर्ता भएकोले अध्यक्ष मात्र ड्राइभरको रुपमा मात्र रहने र चक्काको रुपमा जनता रहनेछन् ।’ पार्टी एकिकरणको निम्ती नेता भन्दा वढी जनताको हात भएकाले सवभन्दा वढी जनतालाई धन्यवाद दिएका छन् ।

उनले पार्टी एकिकरण विषयमा भने ‘मिश्रणको रुपमा पार्टी एकिकरण होईन घोलिएको मात्र हो ।’ अवका दिनमा नेपाल कम्युनिष्ट पार्टी एकल बहुमतका साथ देश चलाउने र विकासको लहर ल्याउने बताउँदै अवका दिनमा सरकारलाई कसैले हल्लाउने प्रयास नगर्न समेत आग्रह गरेका छन् । जनताको चाहना आफ्नो कार्यकालमा पुरा गरेरै छोड्ने र जनताको मन नै नेकपा बनाएरै छोड्ने उद्घोष गरेका छन् ।

त्यस्तै आगामी ३ महिनामा मातहतका कमिटीहरुलाई एकीकरण गरिसक्ने समेत बताएका छन् ।