जेष्ठ ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गणतन्त्र दिवश सरकारी दिवशको रुपमा नभई जन दिवशको रुपमा देशका सवै स्थानीय निकायहरुमा समेत मनाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
गणतन्त्र दिवश मुल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले आज गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र दिवशलाई जनस्तरसम्म पु¥याउनु पर्ने बताएका छन् । लामो संघर्षबाट गणतन्त्र ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मान्छे जन्मदै श्रेष्ठ हुने पाखण्डी प्रणालीलाई बिस्थापन गर्दै प्रतिष्पर्धाबाट स्थापित हुने प्रणालीको रुपमा गणतन्त्र आएको बताए । प्रधानमन्त्री ओलीले भने ‘विदा बसेर मात्र गणतन्त्र मनाइने होइन’ ‘कार्यलय समय बाहिरको समयमा दिवश मनाऊँ । कार्यलय समयमा काम गरौं ।’










प्रतिक्रिया दिनुहोस्