जेष्ठ ४, पोखरा । गृहमन्त्रालयको जारी निर्देशन अनुसार कास्कीमा सडक मर्मतमा हालसम्म ५० प्रतिशतभन्दा कम मात्र काम सम्पन्न भएकाले निर्माण व्यवसायी सुरेन्द्र बस्नेतलाई आज प्रहरीले पक्राउ गरेको छ ।
पृथ्वी राजमार्गको गगनगौंडा सडकखण्डमा १ हजार ४ सय मिटर सडक कालोपत्रे गर्न ढिलाइ गरेका कारण वस्नेतलाई पक्राउ गरिएको हो । बस्नेतले आर्थिक वर्ष ०७३, ७४ को जेठमा असारभित्रै सक्ने गरी सम्झौता गरेका थिए । तर समयमै सक्न सम्भव नभएको भन्दै गत आर्थिक वर्षको चैतसम्मका लागि सम्झौता थप गरिएको थियो ।
धुलो र दुर्घटना बढेको भन्दै स्थानीयले छिटाृ भन्दा छिटो निमार्ण कार्य सम्पन्न गर्नुपर्ने भन्दै विरोध गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्