शैक्षिक

आईपीएलः हार्यो चेन्नाई : सन्दीप बने ‘स्टाइलिस प्लेयर अफ द म्याच’



जेष्ठ ५, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछानेले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै स्टाइलिस प्लेयर आफ द म्याच घोषीत भएसँगै भारु एक लाख रुपैया समेत पाएका छन् ।

शुक्रबार राति सन्दीप अनुवन्ध भएको दिल्ली डेयरडेभिल्स र चेन्नाई सुपर किंग्सबीच खेल थियो । सो खेलमा दिल्ली ३४ रनले विजयी भयो । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाइविरुद्ध चार ओभर बलिङ गरेका सन्दीपले २१ रन खर्चिएर १ विकेट झार्न सफल भएका छन् । उनले एसके रैनालाई विजय शंकरको हातबाट १५ रनमा क्याच आउट गरे ।

शुक्रबार राति टस हारेर व्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाईले ६ विकेटको क्षतिमा १२८ रन मात्र बनाउँदै हार व्यहोर्न पुग्यो ।