जेष्ठ ६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य छान्न तत्कालीन माओवादी केन्द्रका नेताहरुलाई सकस परेको छ ।
शनिबार प्रचण्ड, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘बादल’बीच पाँच घन्टा छलफल भएको थियो । छलफलको क्रममा २३५ भन्दा बढी नेताको नाम आएको छ । त्यसैले कसलाई केन्द्रीय सदस्य बनाउने भन्ने निर्णय लिन कठिन भएको नेताहरुले बताएका छन् ।
नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता रहनेछन् । तत्कालीन एमालेको केन्द्रीय कमिटी २०० सदस्यीय थियो । त्यसैले नेताहरु थप ४१ केन्द्रीय सदस्य छान्न लागेका छन् । यो सूची लगभग तयार भएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्