जेष्ठ ६, काठमाडौं । सरकारले वैदेशिक रोजगारीको सिण्डिकेट तोडेपछि मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेका सिण्डिकेटधारी अध्यक्ष राम श्रेष्ठ पक्राउ परेका छन् ।
भीएलएनको कार्यालयमा छापा हानेर प्रहरीले श्रेष्ठलाई पक्राउ गर्दै कार्यालयबाट ल्यापटप र कागजात पनि बरामद गरिएको छ । मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ अशुल्ने काममा उनको श्रेष्ठको भूमिका भएको आरोप छ । श्रेष्ठले भिसा स्ट्याम्पिङका लागि भीएलएन खडा गरेर ३२ सय रुपैयाँ असुल्दै आएका थिए । ७ सय रुपैयाँमा हुने कामका लागि उनले ३२ सय अुल्दा गरेका थिए । महाराजगञ्जमा राहदानी संकलन गरी सानेपा पुर्याउँद २८ सय रुपैयाँ लिने अर्को धन्दा उनले चलाएका थिए ।
श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले पदबहाली गरेलगत्तै वैदेशिक रोजगारीका नाममा लादिएको सिन्डिकेट तोड्ने घोषणा गरेका थिए । उनले मलेसियामा नयाँ सरकार बनेलगत्तै कुटनीतिक रुपमा यस्ता गैरकानुनी धन्दा बन्द गराउन पहल गरेका थिए । त्यसको प्रतिक्रया स्वरुप सिन्डिकेटधारी व्यवसायीले विदेश जाने कामदारको मेडिकल परीक्षण रोकिदिएका छन् । श्रम मन्त्रालयले अवैधानिक धन्दा चलाउने यस्ता व्यवसायीलाई पक्राउ गरेर कारवाही गर्न सिफारिस गर्दै फाइल गृह मन्त्रालयमा पठाएको थियो ।
त्यसमा अनुसन्धान गरेर प्रहरीले भिएलएनका राम श्रेष्ठसहित सिएसजीका गोविन्द थपलिया र वायोमेट्रिकका कैलाश खड्कालार्इ पक्राउ गर्न लागेको प्रहरी उच्च स्रोतले बतायो ।










प्रतिक्रिया दिनुहोस्