जेष्ठ ७, काठमाडौं । वर्तमान सरकारले आगामी दिनको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आम नेपाली युवालाई योग्यताको आधारमा रोजगारीको ग्यान्टी गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारीले आज प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त वैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छिन् । वर्तमान सरकारले आफ्नो चुनावको समयमा घोषणा गरेको आफ्नो दलको घोषणा पत्रलाई नै आधार वनाएर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । अवको नेपालको लक्ष्य समाजवाद भएकाले त्यस अनुरुप नै कार्यक्रम ल्याइएको छ ।
सरकारका नीति तथा कार्यक्रमहरु निम्न अनुसार रहेका छन् :
- ५ वर्षमा ५००० मेगावट विद्युत उत्पादन गर्ने,
- १० वर्ष भित्रमा १५ हजार विद्युत उत्पादन गर्ने
- ठूला उद्योग निमार्ण गर्ने,
- उद्योगको माध्मबाट रोजगारी सिर्जना गर्ने,
- उद्योगलाई व्यवस्थित गरी संचालन गर्ने,
- फलाम खानीको प्रशोधन कार्य अघि वढाउने,
- सहकारीको अर्थतन्त्रको महत्वपूर्ण पक्षको रुपमा लिइने,
- घरेलु वस्तु वा पदार्थलाई डोमिनेट गर्ने कुनै पनि प्रकारका वस्तु आयात नगर्ने,
- सवै प्रकारका सिण्डिकेट अन्त्य गर्ने,
- पट्रोलीयम पदार्थको भण्डारण केन्द्र स्थापना गर्ने,
- राजमार्गालाई एक्प्रेस हाइवेको रुपमा विकसित गर्ने,
- सुरुङमार्ग निमार्ण गर्ने नीति,
- लोकमार्ग, द्रुतमार्ग, हुलाकी मार्गको व्यापक विस्तार तथा निमार्ण कार्यलाई तिव्रता दिने,
- जलमार्ग संचालन गर्न संस्थागत विकास गर्ने,
- सूचनाको पहुँच वृद्धि गर्ने,
- डिजिटल कार्य सञ्चालन गर्ने,
- वायोम्याट्रक सहितको परिचय पत्र उपलब्ध गराउने,
- हवाई मार्गको विस्तार,
- एक वर्षभित्रमा गौतम बुद्ध विमानस्थल तथा तीन वर्षमा पोखरा विमानस्थलको निमार्णकार्य सम्पन्न गर्ने,
- जनता आवास कार्यक्रम संचालन गर्ने,
- सहरी विकास निमार्ण गरिने,
- आधारभुत शिक्षा अनिवार्य र निशुल्क गर्ने,
- पाँच वर्ष भित्रमा प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पतालको व्यवस्था, एक डाक्टरको अनिवार्य व्यवस्था,
- प्रत्येक नेपालीमा स्वास्थ्य विमा अनिवार्य,
- पाँच वर्षमा रोजगारीको सिर्जना गर्न प्रधानमन्त्री रोजगारीको कार्यक्रम गरिने,
- समान श्रमको व्यवस्था गरिने,
- हिंसामुक्त देश निमार्ण गरिने,
- राज्यले नागरिकलाई दिने सेवा सुविधा घर आगँनमा पुर्याइने,
- अकालमा ज्यान गुमाउनु पर्ने समस्याको अन्त्य गर्ने ।










प्रतिक्रिया दिनुहोस्