जेष्ठ ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।
पार्टी महासचिवले जारी गरेको विज्ञप्ती अनुसार बर्णानुक्रम अनुसार केन्द्रीय कमिटीका सदस्यहरुको नाम राखिएको छ । तत्काल बरिष्ठता मिलाउन नसकिएकाले बर्णानुक्रम अनुसार नेताहरुको नाम राखिएको हो ।
हिजो प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरूको सिफारिसलाई अनुमोदन गरेको थियो ।
एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । अब स्थायी कमिटी बन्ने बाँकी छ । यो कमिटी ४५ सदस्यीय हुनेछ ।
६ जना आमन्त्रिण केन्द्रीय सदस्यमा अमिक शेरचन, अमृत बोहरा, केशव बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी छन् । यस अघि एकीकृत पार्टीले ९ सदस्यीय सचिवालय बनाईसकेको छ ।
















प्रतिक्रिया दिनुहोस्