जेष्ठ ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार क्यासिनोको खालमा जितेर आएको नभई हजारौंको रगत र लाखौंको पसिना बगेर आएकाले जनताको सम्बृद्धि बाहेक अरु सोच्न नसकिने बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको दलको बैठकमा सांसदहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा छुटेका कतिपय विषयमा विज्ञताका आधारमा सांसदहरुले संसदमा सरकारलाई सुझाव दिन सक्ने बताए ।
तत्कालीन एमाले र माओवादी केन्द्रका संसदीय दल एकीकरणपछि बिधान बनाउन सो कार्यदल गठन भएको हो । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बिधान मस्यौदा गर्न भीम रावलको संयोजकत्वमा कार्यदल गठन भएको छ । कार्यदलमा सांसदहरु देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रामनारायण बिडारी र रेखा शर्मा सदस्य छन् । सो कार्यदलले १५ दिनभित्र बिधान मस्यौदा बुझाउनेछ ।
त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टको बहुमतको सरकारलाई राम्रो काम गर्ने बाहेक अरु छुट नरहेको बताए ।










प्रतिक्रिया दिनुहोस्