Banner News

नीति तथा कार्यक्रमले जनताको भावना प्रतिविम्बत गर्न सकेन : सभापति देउवा



जेष्ठ ९, काठमाडौं । नेपाली काग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शरवहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमले समग्र नेपाली जनताको भावना प्रतिविम्बत गर्न नसकेको अरोप लगाएका छन् ।

बुधबारको संसद बैठकमा बोल्दै सभापति देउवाले सरकारले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखलाई आदरार्थी शब्द प्रयोग नगरेकोमा आपत्ति जनाएका छन् । त्यस्तै सभापति देउवाले सरकारले आफुलाई राष्ट्रवादी बन्न खोजेको देखियो, सबै नेपाली जनता राष्ट्रवादी हुन् त्यसका लागि दस्तावेज पल्टाइरहनु नपर्ने भन्दै आपत्ती समेत जनाएका छन् ।

त्यस्तै काँग्रेस सासद मिनेन्द्र रिजालले सरकारको नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्दै नीति तथा कार्यक्रमलाई प्राथमिकताविहिन दस्तावेजको संज्ञा दिदैं नीति तथा कार्यक्रमलाई ‘१ बर्षे योजना हो कि ५ बर्षे योजना रु भनेर प्रश्न गरे । त्यस्तै रिजालले मदन भण्डारीलाई सम्मान गर्नुपर्ने भएपनि हुलाकी राजमार्गमा भण्डारीको नाम राखेर अपमान गरेको बताए ।