समाचार

प्रथम पाँच महिला सञ्चारकर्मीद्वारा सफलतापुर्वक सगरमाथा अरोहण



जेष्ठ ९, काठमाडौं । प्रथम महिला पत्रकार सगरमाथा आरोहण टोली २०१८ का पाँचै जना सञ्चारकर्मीहरूले सगरमाथाको चुचुरो चुमेका छन् ।

१३ चोटिसम्म सगरमाथा आरोहण गर्न सफल फूर्वा शेर्पाको नेतृत्वमा गएको आरोहण दलका सञ्चारकर्मीहरू सगरमाथाको शिखरमा पुगेका हुन । जेष्ठ ९गते बिहान ६ बजेको समयमा आरोहण दलका सदस्यहरु मेगा टेलिभिजनकी कल्पना महर्जन, नेपाल टेलिभिजनकी रोजिता बज्राचार्य, राष्ट्रिय समाचार समितिकी रोसा बस्नेत , स्बतन्त्र पत्रकार देउरालि चाम्लिङ्गको टिम सगरमाथाको चुचुरोमा पुग्न सफल भएको हुन ।

फूर्वा शेर्पाको नेतृत्वमा गएको आरोहण दलका प्रतिनिधिहरु फर्कदै गरेको पर्यटन मन्त्रालयका अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताएको उदृत गर्दै नेपाल टेलिभिजनका समाचार प्रमुख राजु सिलबालले टेलिफोन मार्फत आज बिहान ६ बजेर ५० मिनेट जादा पाचै जना सगरमाथाको शिखरमा पुगेको बताएका छन् । मेगा टेलिभिजनकी सञ्चारकर्मी कल्पना महर्जनले मेगा टेलिभिजनको लागो र व्यानर सहित राष्ट्रिय झण्डा फहराएकि थिईन ।