जेष्ठ ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य तथा पूर्व सभामुख ओनसरी घर्तीले वर्तमान सरकार कुनै सम्झौता र समन्वयमा अडिएर वनेको नभई देश र जनताको वलिदानवाट प्राप्त उपलब्धीबाट बनेको वताएकी छिन् ।
आज संघिय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै घर्तीले विश्व कम्युनिष्ट आन्दोलनमा नयाँ प्रयोगका साथ नेपालमा शक्तिशाली बनेको यो सरकारले अघि सारेका नीति तथा कार्यक्रम महत्वपूर्ण भएको वताएकि छिन् ।
उनलले भनिन् सम्माननीय राष्ट्रपतिज्यूले गत सोमबार प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख नै आएका छन् भन्ने मेरो बुझाई छ । संविधानको प्रस्तावनामा ‘लोकतान्त्रिक मुल्य र मान्यतामा आधारित समाजवाद प्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने’ कुरा उल्लेख गरेको वताएकि छिन् । नीति तथा कार्यक्रमको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने दिर्घकालिन उदेश्यले नै यसको गहिराई प्रष्ट रहेको बताउँदै घर्तीले सरकार सही बाटोमा हिड्न खोजेको छ भन्ने कुरा प्रष्ट पार्दछ ।
आर्थिक समृद्धिको मेरुदण्ड मानिएको जलश्रोतको अधिकत्तम उपयोग गरि १० वर्षभित्र १५ हजार मेगावाट बिद्युत उत्पादन गर्ने कुरा होस् वा कृषी, वन तथा खानीजन्य उद्योगलाई प्रोत्साहन गर्ने कुराले सरकारको प्राथामिकता स्पस्ट गरेको साथै मेची महाकाली, काठमाडौं विरगंज, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निमार्ण गर्ने जस्ता कुराले जनताको विकासको आकाँक्षा सम्बोधन गरेको बताएकि छिन् ।
अबको ५ वर्षमा नेपाली युवा रोजगारीका लागि विदेश जानु नपर्ने कुराले युवाहरुमा आशा जगाएकोे बताउँदै नेता घर्तीले सवै प्रकारका सिण्डीकेट, कार्टेलिङ, र मिलेमतोलाई अन्त्य गरी आम जनताको जनजिवन सहज बनाउन पनि नीति तथा कार्यक्रमले मार्गदर्शन गरेको बताएकि छिन् ।
संविधानले दिशानिर्देश गरे अनुसार समाजवादतर्फको बाटोमा हिड्ने आधार तयार पर्नै पर्ने जिम्मेवारी सरकारका सामु रहेको भन्दै घर्तीले संघीयता कार्यान्वयन गर्ने, समानुपातिक समावेशीता, राज्यका हरेक निकायमा महिलाहरुको ससक्त उपस्थिती र क्षमता अभिबृद्धी, बैज्ञानिक र क्रान्तिकारी भूमि सुधार, रोजगारीको सृजना गर्ने सरकारको दायित्व रहेको धारणा राखेकि छिन् ।
अब आउने बजेट मार्फत कतिपय अपूर्णताहरुलाई सम्बोधन गर्दै सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को आकाँक्षालाई स्पष्ट दिशानिर्देश गर्ने जिम्मेवारीलाई पूरा गर्ने विश्वास समेत लिएको घर्तीले बताएकि छिन् ।










प्रतिक्रिया दिनुहोस्