जेष्ठ ९, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेन्दान्त अस्पताल लगिएको छ ।
विगत केही हप्तायता ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएपनि आन्तरिक रक्तश्राव नरोकिएपछि राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि बुधबार अपरान्ह ५ बजे मेदान्त अस्पताल लगिएको हो ।
गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका थिए । उनको उपचारमा संलग्न चिकित्सक डा। विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्