जेष्ठ १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेपाल सुन्दर शान्त र विशाल देश भएको जसमा माटो छोए अन्न, ढुङ्गा छोए हिरा, सुन तथा चाँदी बन्ने देश नेपाल भएकाले यसलाई सदुपयोग गर्न जान्नुपर्ने बताएका छन् ।
एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई थप अध्ययनका निम्ति परामर्श दिने उद्देश्यसहित आयोजना गरिएको ‘कान्तिपुर हिसान एडुफेयर– २०१८’ (कान्तिपुर हिसान शैक्षिक मेला) बिहीबार प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उद्धघाटन मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले नेपाल हिमाल, पहाड तथा तराईमा प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले विकासको निम्ती गाउँ गाउँबाट उठी समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा लाग्न आग्रह गरेका छन् ।
नेपाल सुन्दर तथा प्रकृतिक मनोरमको देश भइरहँदा पनि लाखौं नेपालीहरु उपियाँ, उडुस नपाउने देशमा गई आफ्नो भविष्य खोज्न विदेश जानु परिरहेको बाध्यतालाई अन्त्य गर्ने बताएका छन् । विकासका कुरा तथा व्यवहारवादी कुरा गर्यो भने हावादारी गफ लायो भन्नेहरुलाई व्यवहारमा उतारेर देखाउने बताएका छन् ।
उनले नेपालमा आफै उम्रन्छ, आफै फल्छ भएकोले नेपालीले आर्थिक उपार्जन गर्नको निम्ती आफ्नै देशमा प्रसस्त माध्यमहरु भएकाले त्यसलाई नै सदुपयोग गरी विकासित मुलुक बनाउन सरकार आगामि दिनमा लागिपर्ने बताएका छन् ।
इच्छा शक्ति माथि हमला भयो जसका कारण देश विकास हुन नसकेको बताउँदै अहिलेको सरकार एकल बहुमत भएका कारण अव विकासको गतिलाई कसैले छेक्न नसक्ने बताएका छन् । उनले नेपालीहरु चान्स पाएको खण्डमा जस्तोसुकै कार्य बहादुरीका साथ गर्न तयार रहने भन्दै नेपाली राष्ट्रिय क्रिकेट प्लेयर सन्दीप लामिछानेको खुलेरै प्रसंशा गरेका छन् । जसको लागि आफुले आफुलाई चिन्नपर्ने धारणा व्यक्त गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्