जेष्ठ १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कलम दाहाल प्रचण्डले वर्तमान सरकार कम्युनिष्टहरुको सुविधाजनक बहुमत भएकाले कसैले चाहदैमा नढल्ने बताएका छन् ।
नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको १२ औं स्थापना दिवसको कार्यक्रममा अध्यक्ष प्रचण्डल भने ‘हामीले कम्युनिष्टहरुको निकै सुविधाजनक एकलौटी बहुमतको सरकार बनाएका छौं । यो सरकार कसैले हल्लाएर हल्लिदैन, ५ वर्षमा कम्तीमा लोकतान्त्रिक मूल्य र मान्यता अनुसार चल्छ ।’
गएको वर्ष ७० वर्षमा नेपालीले ५ वर्ष एउटै सरकारले काम गरेको देख्न र कामको मुल्यांकनको आधारमा फैसला गर्ने अवसर नपाएको भन्दै प्रचण्डले त्यस्तो अवस्थाको आफूहरुले अन्त्य गरेको बताए । अब पनि यस्तै अवस्था रहेमा मुलुकको अर्थतन्त्र डामाडोल हुने र मुलुकको अस्मिता नै बचाउन नसक्ने स्थितिमा पुग्ने भएकाले एकतामा गएको प्रचण्डले बताए ।
जनमत परिवर्तन र सामाजिक न्यायको पक्षमा रहेको भन्दै उनले राजीनितक नेतृत्वले स्थिरता दिन नसक्दा जनताको चाहना पूरा हुन नसकेको र अर्थतन्त्र ओह्रालो लागेको बताए । उनले भने ‘यो राष्ट्रले यो भन्दा बढी अराजकता झेल्न सक्दैन । यो भन्दा बढी भूमरी झेल्न सक्दैन’ उनले भने ‘अब जिम्मेवारी तपाई हाम्रो काँधमा आयो ।’










प्रतिक्रिया दिनुहोस्