समाचार

नेपालको सभ्यता, प्रदेश नम्बर १ को नाम ‘किरात प्रदेश’ : नेता महत



जेष्ठ १०, खोटाङ । नेपाली काङ्ग्रेसका नेता तथा पुर्व परराष्ट्र मन्त्री प्रकाश शरण महतले नेपाको प्राचिनतम सभ्यातामा प्रदेश नं. १ को नामाकरण किरात प्रदेश हुनुपर्नेमा जोड दिएका छन् ।

खोटाङ्गको एक कार्यक्रमलाई सम्बोधन गर्दै किरात संस्कृती, सभ्यता र धर्मको लागि पूर्वी नेपाल किरात सभ्यताको उद्गम स्थल भएको बताएका छन् ।

महतले कृषि बालीको सुरुवात गर्ने किरातीहरु उद्गम स्थल अहिलेको प्रदेश नम्बर १ भएको र लुगाको अविस्कार गर्ने समेत किरातीहरु भएकाले हजारौं वर्ष पुरानो किरात सभ्यता जोगाउन नेपाल र नेपालीको जनमत भएको उल्लेख गरेका छन् । उनले भने, ‘सस्कार, सभ्यतालाई बिर्सियो भने देश समृद्ध बन्न सक्दैन ।’ जाती, भाषा, सस्कृति, पहिचानलाई जोगाए मात्रै देश जोगिने बताएका छन् ।