समाचार

सरकारको नीति तथा कार्यक्रमले संघियतालाई सम्वोधन गर्न सकेन : नेता बडु



जेष्ठ १०, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका नेता तथा संसाद दिलेन्द्रप्रसाद बडुले नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमहरुले संघियतालाई सम्बोधन गर्न नसकेकाले पनुर्लेखन गर्न माग गरेका छन् ।

बिहीबारको संसदमा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग सांसद बडुले सरकारको नीति तथा कार्यक्रममा अनावश्यक विषयले प्राथमिकता पाएको भन्दै आपत्ति समेत जनाएका छन् । त्यस्तै सांसद बडुले सरकारले कार्यक्रम विनाको नीति मात्रै ल्याएको भन्दै त्यसलाई पुनर्लेखन गरेर पूर्णता दिनुपर्ने जोड दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद विशाल भट्टराईले भने सरकारले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने संकल्पसहित नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । उनले सरकारको नीति तथा कार्यक्रमले पूर्वाधार विकासमा जोड दिएको, सबै स्थानीय तहमा प्राविधिक शिक्षालाई स्थापना गर्ने योजना अघि सारेको भन्दै त्यसले जनताको अपेक्षालाई सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारलाई कृषि क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने अभियान संचालन गर्नुपर्ने बताएका छन् । उनले सपना बाँडने भन्दा पनि जनताको अपेक्षा पूरा हुनेगरी सरकारले बजेट ल्याउनुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।