जेष्ठ १०, काठमाडडौं । नेपाल सरकारको नीति तथा कार्यक्रम अत्याधिक महत्वकांक्षि तथा सरकारले सुत्न समेत नपाउने खालका भएको राजपाका सांसद बृजेशकुमार गुप्ताले बताएका छन् ।
बिहीबार संघीय संसदमा छलफल सरकारले पेश गरेको आगामी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले विकासको नीति प्रस्ट रुपमा नआएको सांसद गुप्ताको भनाइ छ । संसदमा आफ्नो धारणा राख्दै गुप्ताले जनताको पक्षमा विकास गर्ने भनेर सरकारले ल्याएका नीतिको समर्थन गर्ने बताएका छन् । सरकारले ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने कुरा गरेको भन्दै सो पक्ष सकारात्मक रहेको उनको भनाइ रहेको छ ।
प्रशारण लाइनको निर्माणबारे कार्यक्रम ल्याउँदा विज्ञ समूह बनाएर सरकारले अध्ययन गर्न लगाएको भए हुन्थ्यो भन्ने धारणा पनि गुप्ताले राखे ।
सांसद गुप्ताले गौतम बुद्धले राज्य सञ्चालन गरेको कपिलवस्तु छायामा परेको गुनासो गर्दै विश्वका बौद्ध धर्मावलम्बीलाई कपिलवस्तु पुर्याएर पर्यटनमा बढावा दिन सरकारसँग माग समेत गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्