जेष्ठ ११, काठमाडौं । बालकृष्ण ढुंगेललाई आममाफी दिने बारेमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट ढुंगेललाई आममाफी दिने निर्णयबारे परेको रिट निवेदनमा सर्वोच्च अदालतले आदेश न्यायाधीश दीपककुमार कार्कीको इजलासले १५ दिनभित्र लिखित कारण पेश गर्न दिएको हो ।
सर्वोच्चले अन्तरिम आदेश दिने या नदिनेबारेमा छलफलका लागि जेठ १३ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । कारागार व्यवस्थापन विभागले आममाफी पाउने कैदीको सूची राष्ट्रपति कार्यालयमा समेत बुझाइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्