Banner News

पलाँसे सडक दुर्घटनाः सरकारले सडक सुरक्षा नीति तत्काल लागू गर्नु पर्छः बस्ने



११ जेठ काठमाण्डौ । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले राजधानी र उपत्यकालाई केन्द्रित गरेर विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा बोल्ने क्रममा बस्नेतले ४० बर्ष पूरानो चक्रपथ विस्तार गर्ने कार्य साह्रै सुस्त गतिमा भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘कलंकी कोटेश्व लगायतका ठाउँहरुमा अण्डरग्राउण्ड सहितको सडक विस्तार गर्नुपर्दछ ।’

जेठ ९ गते भक्तपुरको पलाँसेमा भएको सडक दुर्घटनाको प्रसङ्ग उठाउँदै बस्नेतले सरकारले सडक सुरक्षा नीति तत्काल ल्याउनुपर्ने धारणा राख्नुभयो । नेपालमा अहिले बर्षेनी सडक दुर्घटनाको कारण मात्रै २ हजार जनाले ज्यान गुमाउने गरेको बताउँदै बस्नेतले यदि समयमा नै ध्यान नदिने हो भने सडक दुर्घटनाबाट मृत्यु हुनेका संख्या अत्यन्त भयाभव हुने उहाँले बताउनुभयो ।
सरकारले व्यवस्थित शहरीकरणको विकाससँगै सडकमा ट्राफिक लाइट, उज्यालो सडक तथा हरियाली सडकको अवधारणामा काम गर्न सक्ने बताउँदै बस्नेतले बाहिरी चक्रपथ बन्ने कुरा अझैपनि अलपत्र पर्नु दुःखद पक्ष रहेको बताउनुभयो ।

काठ तथा ग्रामीण क्षेत्रमा सरकाले प्रधानमन्त्री ग्रामीण सडक भन्ने अवधारणा सहित ग्रामीण पर्यटनलाई प्रबद्र्धन गर्नुपर्ने बताउँदै बस्नेतले सडक विस्तारले नै जीवनस्तरमा परिवर्तन ल्याउने बताउनुभयो ।
काठ र ग्रामीण क्षेत्रलाई नमूनायोग्य पर्यटन क्षेत्रका रुपमा विकास गर्नका निम्ति केबुल कार, भ्यू टावर, पैदल यात्रु रुटलाई प्रबद्र्धन सकिने समेत बस्नेतले बताउनुभयो ।

सरकारको नीति तथा कार्यक्रममा बाग्मति, विष्णमति, हनुमन्ते लगायतका नदीहरुमा करिडोर निर्माण गरी सफा खोला बनाउने अभियान चलाएर सुन्दर शहर बनाउने अभियानलाई विशेष रुपमा ध्यान दिनुपर्ने बस्नेतले बताउनुभयो ।
अहिले उपत्यकामा २ हजार मानिसहरु भेला भएर सभा गर्ने उचित स्थान नभएको बताउँदै बस्नेतले यदि सरकारले आवश्यक ठान्छ भने भक्तपुरवासीयले यसमा योगदान गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘यस्तो संरचना बनाउन आवश्यक जमिन उपलब्ध गराउन हामी तयार छौं ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रम मुलुकको विकास र समृद्धिका निम्ति भएको बताउँदै बस्नेतले अहिले सदनमा आफ्नो धर्म निर्वाह गर्नको लागि मात्र प्रतिपक्षले विरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रतिपक्षले कतिपय राजनीतिक बिषयहरु उठाउनुभएको छ, जुन असान्दर्भिक छ ।’

बाम नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमले दीर्घकालीन सोच र अवधारणालाई अगाडि सारेका बताउँदै बस्नेतले यो नीति १ बर्षको लागि मात्र नभएर पाँच बर्षसम्मलाई नै लक्षित गरेर ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘कम्युनिष्ट पार्टीले मुलुकको समृद्धिको खाकासहित पाँच बर्षको नभइ ३० बर्षको नीति अगाडि सार्नुपर्दछ ।’