जेष्ठ १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले सगरमाथा नेपालका पहिचान र गौरव भएको बताएका छन् ।
सगरमाथा आरोही संघद्वारा आयोजित अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शनिवार राजधानीमा रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विश्वको सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले आरोहण गरेपछि विभिन्न कीर्तिमान कायम भएको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले भने ‘नेपाल राष्ट्र र नेपाली जनताको इतिहासमा सगरमाथाले संस्कृति, सभ्यता, एकता र गौरवलाई मात्र होइन विश्वभरिका जनताको एकता र गौरवलाई पनि आफ्नो प्रक्रियामा सामेल गराएको छ ।’










प्रतिक्रिया दिनुहोस्