समाचार

गुडिरहेको बसमा आगोलागी : सवै यात्रु सुरक्षित



जेष्ठ १२, डडेल्धुरा । काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ ।

शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको बस ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा आगलागी भएको हो । दमकल समयमा नपुग्दा बस पूर्ण रुपमा जलेको छ । गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् ।