शैक्षिक

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार



जेष्ठ १२, भारत । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आन्तरिक रक्तस्राव रोकिएसँगै स्वाथ्यमा सुधार आएको छ ।

भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत् राष्ट्रकवि घिमिरेको सानो आन्द्राबाट भएको रक्तश्राव बन्द भएको छ । भारतस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको जनाएको छ । घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको अस्पताल निर्देशक नरेश त्रेहान र उपचारमा संलग्न डाक्टर रणवीर सुदले जानकारी दिएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार सम्भाव नभएपछि राष्ट्रकवि घिमिरेको सानो आन्द्राबाट आन्तरिक रक्तश्राव नरोकिएका कारण चिकित्सकको सल्लाहमा थप उपचारका लागि उनलाई बुधबार मेदान्त अस्पतालमा लगिएको थियो । चिकित्सकको सल्लाहमा घिमिरेको अझै एक सातासम्म उपचार हुने छ ।