जेष्ठ १३, काडमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा संसदहरुलाई प्रतिउत्तर दिदै राम्रो काम गर्नेलाई राम्रो भन्न नहिच्कीचाउन आग्रह गरेका छन् ।
संघिय संसदमा वोल्दै प्रम ओलीले विपक्षिले हालेको संशोधन फिर्ता लिन दलहरुलाई आग्रह गरेका छन् । वतृमान सरकाको लक्ष्य भनेको नै देश विकास भएकाले जस्तोसुकै राम्रो कार्यलाई आत्मासाथ गर्दै प्रतिपक्षिको समेत राम्रो कार्यलाई सहयोग गर्दै समृद्ध नेपाल सुखी नेपालीमा लाग्न आग्रह गरेका छन् ।
यो टग अफ वारका लागि नभई देश विकासका लागि ल्याएको भन्दै उनले भने, ‘यो सरकारलाई राम्ररी बुझ्न अलिकति समय लाग्ला जस्तो छ । ठीकै छ । विरोध नै गर्नुपर्ने, संशोधन हाल्नुपर्ने विपक्षीको धर्म भएको भन्दै उनले भने, अब नयाँ अध्यास गरौं ।’










प्रतिक्रिया दिनुहोस्