जेष्ठ १३, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफु कसैले गेट आउट भन्दैमा पार्टीको नेतृत्व छाडी हाल्ने नभई अगामि महाधिवेशवाट पुन आफै नेतृत्व लिने वताएका छन् ।
नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले महाधिवेशनबाट निर्वाचित सभापतीलाई कसैले गेटआउट भन्न नसक्ने बताउँदै र भन्न नमिल्ने समेत बताए ।
तत्कालिन नेकपा एमाले त माओवादी केन्द्र एक भएका कारण निर्वाचनमा हार बेहोर्नु परेको र आगामी निर्वाचनमा पार्टीलाई एकतावद्ध बनाई पहिलाकै अवस्थामा पुर्याउने दाबी गरे । सभापति देउवाले निर्वाचनको हारबाट नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई पुनः आह्वान आव्हान गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्