जेष्ठ १४, काठमाडौं । संघीय समाजवादी फोरम सरकारमा दुई मन्त्रालय लिदै सरकारकामा सहभागि हुदै चौथो पटक मन्त्रीपरिषदको विस्ताहुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम अध्यक्ष उपेन्द्र यादवबीच सोमबार दुई बुँदे सहमति भए पश्चात फोरमलार्इ सरकारमा सामेल गराउन प्रधानमन्त्री केपी शर्मा ओली चौथोपटक मन्त्रिमण्डल हेरफेर गर्ने तयारी छन् ।
स्रोतका अनुसार फोरमले शहरी विकाससहित दुईवटा मन्त्रालय पाउने सहमति भएको स्रोतको दाबी छ । हाल शहरी विकास मन्त्रालय प्रधानमन्त्री आफैसँग रहेकाले फोरमलार्इ उक्त मन्त्रालय दिन कुनै अप्ठेरो नरहेको स्रोतको भनाइ छ । फोरमले अर्को स्वास्थ्य र सूचना तथा संचार मन्त्रालय मन्त्रलय पाउन सक्ने आँकलन गरिएको छ, जुन हाल राज्यमन्त्रीले सम्हालेका छन् । नेकपाका केही मन्त्रीको जिम्मेवारी हेरफेर हुन सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्