जेष्ठ १४, काठमाडौं । विश्व कम्युनिस्ट पार्टीहरूका अनुभवहरू आदान प्रदान गर्न काठमाडौंमा हुने भेला भेलामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कपी ओली तथा पुष्पकमल दाहाल प्रचण्डले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।
कार्यक्रमबारे जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता नेपालले उक्त सेमिनारमा नेकपाका अध्यक्ष्यद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले फरक फरक कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले ‘नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी प्रकृया’ विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् भने प्रचण्डले ‘आजको मार्क्सवाद र समाजवाद’ विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् ।
विश्व सर्वहारा वर्गका नेता तथा वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल मार्क्स जन्मेको २०० वर्ष जन्मजयन्तिको अवसरमा जेठ १६ र १७ गते काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय सेमिनारमा सहभागिता जनाउन एक दर्जन देशका कम्युनिस्ट पार्टीका नेता काठमाडौं आउने बताइएको छ ।
उक्त सेमिनारमा सोसलिस्ट अलायन्स अष्ट्रेलिया, कम्युनिस्ट पार्टी अफ बंगलादेश, रिभुलसनरी वर्कर्स पार्टी अफ बंगलादेश, सोसलिस्ट पार्टी अफ बंगलादेश, कम्युनिस्ट पार्टी अफ चाइना, एमएलपिडी जर्मनी, कम्युनिस्ट पार्टी अफ इण्डिया, कम्युनिस्ट पार्टी अफ इण्डिया (माले) लिवरेसन, जापानिज कम्युनिस्ट पार्टी, वर्कर्स पार्टी अफ कोरिया, लाओस पिपुल्स रिभ्युलसनरी पार्टी, कम्युनिस्ट पार्टी अफ रसियन फेडेरेसन, कम्युनिस्ट पार्टी अफ श्रीलंका, जेभीपी श्रीलंका, कम्युनिस्ट पार्टी अफ भियतनाम लगायत पार्टीहरूको सहभागिता रहने भएको छ।
पत्रकार सम्मेलनमा वरीष्ठ नेता नेपालले सन् २०१७ र २०१८ विश्वका कम्युनिस्टहरूकालागि ऐतिहासिक वर्ष रहेको बताएका छन् । उनले सन् २०१७ मा रुसी क्रान्ति भएको १०० वर्ष पुगेको र २०१८ मा मार्क्स जन्मेको २०० वर्ष भएकाले यी वर्ष विश्व कम्युनिस्ट आन्दोलनका लागि महत्वपूर्ण एवं ऐतिहासिक रहेको बताएका छन् । नेता नेपालले समाजवादमा समृद्धि बाँड्ने भएकाले नेपालले पनि समृद्धि हासिल गर्न अग्रसर रहेको बताएका छन् ।
चीनबाट विदेश विभाग प्रमुख आउने जानकारी दिएका सेमिनारका संयोजक समेत रहेका नेपालले भने, ‘कार्ल मार्क्सका योगदानहरूबारेमा विचार विमर्श तथा तिनीहरूमाथि आफ्नो प्रतिवद्धतालाई नयाँ उचाइमा व्यक्त गर्न र आजका सन्दर्भमा तिनको महत्वलाई उजागर गर्न आयोजना गरिएको हो ।’










प्रतिक्रिया दिनुहोस्