जेष्ठ १७, काठमाडौं । मितिनी नेपालले आयोजना गरेको चार दिने डिजिटल सेक्युरिटिज सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
समानता र स्वतन्त्रताका साथ समान कानुनी आधारलाई मुख्य मान्यता दिई जेष्ठ १४ गतेबाट शुरु भएको सो कार्यक्रम १७ गते सम्पन्न भएको छ । कार्यक्रममा देशभरका जम्मा १५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा इण्डोनेशीयाका प्रशिक्षक धीताले चारवटै दिनको प्रशिक्षण दिएकि थिइन् ।
२१ औं शताब्दीमा सामाजिक सञ्जालदेखि सञ्चारको दुनियामा विभिन्न प्रकारका समस्याहरुका कारण धेरै ठूलो मुल्या चुकाईरहनु परेको समयमा यो प्रशिक्षणले विभिन्न प्रकारका सामाजिक क्राइमका घटनाहरुलाई न्युनिकरण गर्न सकिने संस्थाकी अध्यक्ष लक्ष्मी घलानले जनाएकि छिन् ।
सामाजिक अपराधलाई न्युनिकरण गर्दै आधुनिक प्रविधिलाई आत्मासाथ गर्दै अघि वढेमा प्रयोगकर्तालाई समस्यावाट मुक्त हुन सहयोग पुगेको सम्पूर्ण सहभागिले बताएका छन् । कुनै पनि सामािजक सञ्जाल आफुमा मात्रै सिमित नभई अन्य तेस्रो ठाउँ वा व्यक्ति/संस्थाले थाहा पाइरहेकाले समस्या निम्ती रहेको यो समयमा डाटा लिन नगर्न तथा त्यसलाई सुरक्षित राख्न अहिलेको चुनौति रहेको समयमा धेरुै विकल्पहरु प्रयोगमा आइसकेको भएकाले त्यसलाई प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ ।










प्रतिक्रिया दिनुहोस्