जेष्ठ १९, नवलपरासी । नवलपरासीको गैंडाकोटमा चट्याङ लागेर एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
नवलपरासीको गैडाकोट ३ ढोडेनी निवासी ७५ वर्षीय हेमकुमारी अस्लामी मगरको गएराति परेको चट्याङ लागेर मृत्यु भएको हो । घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेका मगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्