राजनीति

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ : महासचिव सुमन



जेष्ठ २३, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले केन्द्रिय सरकारलाई दिएको समर्थन तथा प्रदेश २ को सरकारबाट फिर्ता हुने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सुमनले फोरम नेपाल केन्द्र सरकारमा सहभागी भएपछि महासचिव सुमनले प्रदेश सरकारबाट आफूहरु फिर्ता हुने स्पस्ट पारेका हुन् । मधेश आन्दोलनको भावना विपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाउँदै उनले नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढीमात्रै भएको दावीसमेत गरेका छन् ।

महासचिव सुमनले भने ‘ढटुँवा कम्युनिस्टहरुलाई हामी समर्थन गर्दैनौं, त्यसैले २५ गतेको बैठकबाट ढटुँवा कम्युनिस्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं ।’ नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौ हामीलाई मत दिनुहोस् भनेर ढाँटेको बताउँदै उनले अब ढटुँवा कम्युनिस्टहरुलाई दिएको समर्थन जारी नरहने स्पष्ट पारेका छन् ।