जेष्ठ २४, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टीको युवा नेता, पूर्व उद्योग मन्त्री तथा सांसद महेश वस्नेतले आफ्नो विकासको नीतिलाई व्यवहारमा उतार्दै सडक शिलान्यास गरेका छन् ।
सांसद वस्नेतले बुधवार सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट गोकुलघाटदेखि खड्का गाउँ जाने सडक स्तरउन्नती गर्न सो सडकको शिलान्यास गरेका हुन् । सो सडकको निम्ती सांसद वस्नेतकै विशेष पहलमा सडक डिभिजन कार्यालयले दुई करोडको विनियोजन गरेको छ ।
आफ्नो चुनावको नारा अनुसार एक देखि अर्को कार्य गर्दै जनताको सारथी वन्न पुगेका सांसद वस्नेतले याताताल, शिक्षा, स्वास्थ्य, विद्युत, करिडोर निमार्ण, सरसफाई, ट्राफिक व्यवस्थापन गर्न सडक वत्ती, यातायात जाम नियन्त्रणको निम्ती विशेष प्रकारका योजनाहरुका साथ निरन्तर लागि जनमुखी कार्यलाई निरन्तरता दिइरहेका छन् ।
भक्तपुरलाई देशकै नमुना जिल्ला बनाउने उद्देश्य वोकी अघि वढीरहेका सांसद वस्नेतकै पहलमा अन्तराष्ट्रिय सभाहल, रंगशाला, कवोर्डहल, सुरु मार्ग, सूर्यविनायकदेखि धुलिखेलसम्मको अरनिको राजमार्गलाई ६ लेनको बनाउने कार्य अघि वढिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्