जेष्ठ २४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो विधान तयार पारेसँगै राजनीतिक दस्तावेजमा पार्टीको राजनीतिक कार्यदिशा समाजवाद उन्मुख जनताको जनवाद हुने उल्लेख छ ।
नेकपाले यसअघि पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाएको विधानलाई अन्तिम रुप दिन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई जिम्मा दिएको थियो । त्यसअनुसार प्रचण्डले बुधबार केही संशोधनसहित विधानलाई अन्तिम रुप दिएका हुन् ।
आपसी समझदारीमा बैठक बोलाउने, दुवै अध्यक्षले हस्ताक्षर गरी आन्तरिक पार्टी कमिटीमा सर्कुलर गर्ने लगायतका अधिकार पनि विधानले प्रत्यायोजन गरेको छ ।
विधानमा दुवै अध्यक्षलाई समान अधिकार दिइएको छ । राजनीतिक दस्तावेजमा १० वर्षे जनयुद्धले उत्पीडित जाति, वर्ग, लिंग र समुदायलाई जागरुक बनाएको र त्यसले गणतन्त्र स्थापनामा भूमिका खेलेको शब्दावली समेत प्रयोग गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्