शैक्षिक

भक्तपुरमा बन्चरोको प्रहार श्रीमतीको हत्या



जेष्ठ २५, भक्तपुर । भोजपुर चरनदी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

विहिबार राति माझीले आफ्नै श्रीमती २८ वर्षीया सलेना माझीको टाउकोमा बञ्चरोले हानेर फरार भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठका अनुसार स्थानीय राममाया कार्कीको घरमा डेरामा बस्दै आएका माझीले श्रीमतीसँगको झगडामा टाउकोमा बञ्चरोले हानेका हुन् ।

बञ्चरो प्रहारबाट घाइते भएकी सलेनाको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको हो । फरार माझीको खोजी कार्य भैरहेको प्रहारीले जनाएको छ ।