Banner News

प्रदेश ४ को नीति तथा कार्यक्रम : ५ वर्षमा प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्‍याउने



जेष्ठ २५, पोखरा । प्रदेश नं. ४ को सरकाले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वार्षिक ५० हजारलाई रोजगारी तथा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारले आगामी ५ वर्षमा प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्‍याउने साथै ५ वर्षमा आर्थिक वृद्धिदर वार्षिक ८ प्रतिशत कायम गर्ने लक्ष्य राखिएको छ ।

  • पाँच वर्षमा कृषि उत्पादन दोब्बर गर्ने
  • अन्तर्राष्ट्रिय बहुउपयोगी सम्मेलन केन्द्र बनाउने
  • स्थानीय तहमा २५ र नगरपालिकामा ५० शैयाको अस्पताल बनाउने
  • पोखराको क्षेत्रीय विमानस्थललाई तीन बर्षभित्र सम्पन्न गर्ने
  • सन् २०२२ सम्ममा बीस लाख पर्यटक भित्र्याउने
  • फेवा, बेगनास र रुपाताललाई जोड्न मोनोरेलको विकास गर्ने
  • सबै स्थानीय तहको केन्द्रमा ब्रोडब्याण्ड इन्टरनेट नेटवर्क विस्तार गर्ने
  • दुई बर्षभित्र हरेक घरधुरीमा खानेपानी तथा विद्युत सुविधा पुर्‍याउने
  • तीन सय गाउँलाई नमूना पर्यटकीय गाउँ बनाउने
  • मुस्ताङ, मनाङ र गोरखाको चुमनुब्रीलाई अन्तर्राष्ट्रियस्तरको फिल्म सुटिङ केन्द्रको रुपमा विकास गर्ने
  • पाँच बर्षमा बीस लाख पर्यटक पुर्‍याउने
  • गरिबी निवारण र रोजगारी सिर्जना
  • वातावारण मैत्री कृषि गाउँ कार्यक्रम सञ्चालन गर्ने
  • केन्द्र सरकारको सहकार्यमा कोरला –पोखरा द्रुतमार्ग निर्माणमा सहजीकरण गर्ने
  • पोखरा – दुम्किबास लोकमार्गलाई द्रुत मार्गको सम्भाब्यता अध्ययन गर्ने
  • प्रदेश निर्वाचन क्षेत्रका कम्तीमा एउटा सडकलाई स्तरोन्नति गर्दै कालोपत्रे गर्ने
  • वृहत पोखरा चक्रपथ निर्माणको विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण  सुरु गर्ने
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई सरकारबाट स्वीकृति लिएर मात्र कार्यक्रम गर्न दिने

नेपाल कम्युनिष्ट पार्टीका युवा नेता तथा प्रदेश नं. ४ का सांसद राजिव पहारीका अनुसार सरकारले ल्याएको नीति तथा कार्यक्रमले पर्यटन, कृषि, उर्जा, भौतिक पुर्बाधार र उधोग लगायतका क्षेत्रलाई विशेष महत्व दिएको छ । फेवाताल सरक्षणको लागि बिशेष कार्यक्रम ल्याउने र फेवाताल सरक्षणको लागि उच्चस्तरिय प्रधिकरण बनाउने । फेवा, बेगनास, रुपा जोड्ने मनोरेल सन्चालन गर्ने लगायतका महत्त्वपूर्ण कार्यक्रम रहेका छन् । समाजबाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने र ४ न प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्ने हिसाबले जनमुखि नीति तथा कार्यक्रम आयको जनाएका छन् ।