जेष्ठ २६, पोखरा । संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा राजनीतिक स्थिरतासँगै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउने बताएका छन् ।
संघीय प्रेस फोरम कास्कीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री यादवले संविधान निर्माणका क्रममा भएका त्रुटिलाई संशोधनको माध्यमबाट सुधार गर्दै अगाडि बढ्ने उद्देश्यका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग भएको दुईबुँदे सहमतिका आधारमा संघीय समाजवादी फोरम सरकारमा सामेल भएको बताएका छन् ।
वर्तमान सरकारले कृषिको आधुनिकीकरण, पर्यटन, जवलस्रोतको उपयोग गर्दे उद्योगको विकास गरी देशमा नै रोजगारीको बातावरण सिर्जना गर्ने बताएका छन् ।
संघीय समाजवादी फोरमको सहभागितासँगै दुई तिहाइभन्दा बढी बहुमतको सरकार बनेको बताउँदै उनले भने पहिचान, समावेशीता, स्वायतत्ता, सुशासनलगायतका जनताका आधारभूत आवश्यकताका रुपमा रहेका शिक्षा, स्वास्थ्य, आवास, खानेपानी लगायतका आवश्यकतालाई पूरा गराउन आफू सक्रियपूर्वक लाग्ने बताएका छन् ।
त्यस्तै उपप्रधानमन्त्री यादवले कानून बनाएर प्रदेशलाई अधिकार सम्पन्न बनाउनु अहिलेको मुख्य कार्य भएको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्