जेष्ठ २६, डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले अघि सारेका राष्ट्र र राष्ट्रियताको पक्षमा रहेका कार्यक्रमहरु वर्तमान ओली सरकारले खाइदिएको बताएका छन् ।
शनिबार डडेल्धुरा जिल्ला सम्मेलनको उद्धघाटन गर्दै देउवाले भने ‘मैले लागू गरेको वृद्ध भत्ता, किड्नी तथा कलेजो क्यान्सर विरामीका लागि दिएको भत्ता अहिलेको सरकारले हटाएको छ । सरकारले मैले भनेको सबै कुरामा बजेट पनि घटाएको छ ।’
आफ्नो सरकार हुँदा पेट्रोलियम पदार्थको मूल्य बढेको बेला सबैले आल्दोलन गरेको तर अहिले ३ महिनामा ३ पटक मूल्य बढाउदा समेत दर्शक बनेको भन्दै उनले भने ‘मेरो मात्रै विरोध गर्ने, ओलीको गरेको कामको विरोध नगर्ने रु’ भनि प्रश्न समेत गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्