राजनीति

प्रदेश २ : मोदीको भ्रमण खर्च सार्वजनिक नभएसम्म काग्रेसले सदन अवरुद्ध



जेष्ठ २७, जनकपुर । प्रदेश नं. २ को प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको खर्च सार्वजनिक नभएसम्म सदन अवरुद्ध गर्ने बताएको छ ।

मोदीको जनकपुर भ्रमणको एक महिना बित्दा पनि प्रदेश सरकार भ्रमणको खर्च सार्वजनिक नगरेको आरोप लगाउँदै खर्च विवरण सार्वजनिक नभएसम्म प्रदेशसभाको बैठक चल्न नदिने जनाएको छ ।

मोदीको जनकपुर भ्रमणको क्रममा भएको खर्चमा अनियमितता भएको प्रमुख प्रतिपक्षी दल कांग्रेसको अरोप छ । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची भएपनि काँग्रेसको अडानका कारण हिजो पनि प्रदेश सभाको बैठक अवरुद्ध भएको थियो ।