समाचार

राष्ट्रियसभाको बैठक ११ बजे बस्दै : नियमावली पारित हुने



जेष्ठ २७, काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षविच भएको विवादका कारण रोकिएको राष्ट्रियसभाको बैठक आज विहान ११ बजे वस्दै राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित हुने भएको छ ।

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विवादका कारण रोकिएको थियो । प्रतिनिधिसभाको जस्तै फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने व्यवस्था राखेर राष्ट्रियसभाको नियमावली पारित गर्ने तयारी गरिएको छ ।

संसद् सचिवालयका अनुसार, ४ विषयगत समिति रहने गरी तयार पारिएको नियमावली आज बस्ने राष्ट्रियसभा बैठकबाट पारित गर्ने कार्यसूची छ ।