जेष्ठ २७, काठमाडौं । नेपाली काग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले राजनीति गर्दा पुरै सेवाको भावनामा लाग्ुनपर्ने नत्र झन्झट लाग्ने भए पार्टी छोड्नलाई आग्रह गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ ले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ताहरुसँगको बैठक तथा अन्तर्क्रियालाई सम्बोधन गर्दै नेता सिंहले नेता कार्यकर्तालाई व्यक्तिगत स्वार्थमा नलाग्न निर्देशन दिँदै उनले सेवाको भावले राजनीतिमा नलाग्ने हो भने फिल्ड छाड्न भन्दै निराश नहुन र पार्टीको सुधारमा लाग्न निर्देशन दिएका छन् ।
नेता सिंहले भने, ‘तर राजनीति गर्ने हो भने अलि माथि सोचेर गरौं । जे जति टाइम छ, म्याक्सिमम इफोर्ट लगाएर पार्टीलाई अगाडि बढाउनतिर लागौं । अवसर फेरि आउँछ । त्यो अवसर आउँदाखेरि सोसाइटीले जुन समृद्धिको चाहना राखेको छ त्यसलाई इमिडियट ट्रान्सलेट गर्न सक्ने क्षमता राख्नुपर्छ ।’
उनले कांग्रेसलाई छिटोभन्दा छिटो प्रक्रियागत रुपले संघीयताको ढाँचामा लैजानुपर्नेमा जोड दिए । विधान संशोधन गरेर रिक्त पदपूर्ति गर्ने हो भने सभापतिको कार्यकाल एक वर्ष थप्न कुनै आपत्ती नहुने सिंहले स्पष्ट पारे ।










प्रतिक्रिया दिनुहोस्