समाचार

चितवनको माडीमा दैनिक आठ घण्टा लोडसेडिङ



जेष्ठ २८, चीतवन । चितवनको माडीमा आजदेखि एक सातासम्म दैनिक आठ घण्टा विद्युत सेवा अवरुद्ध हुने भए पछि जनजीवन कष्टकर हुने भएको छ ।

३३ केभी अन्डर ग्राउण्ड प्रसारण लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले आगामी असार ३ गतेसम्म बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।

वर्षायाममा समस्या नआवस् भनि मर्मत सम्भारको निम्ती दैनिक लोडसेडिङ गुर्न परेको भरतपुरस्थित विद्युत वितरण केन्द्रले जनाएको छ ।
भूमिगत लाइन मर्मत गर्नका लागि भारतबाट प्राविधिकहरु ल्याइएको छ । भारतीय टोलीलाई नेपाल विद्युत प्राधिकरणको टोलीको सघाउने छ ।