शैक्षिक

कपिलवस्तुमा जनजीवन प्रभावित : विद्यालय छ दिन बन्द



जेष्ठ २९, कपिलवस्तु । अत्यधिक गर्मीका कारण कपिलवस्तुका विद्यालयहरू मंगलबारदेखि छ दिनको लागि बन्द गरिएको छ ।

समुदायिक तथा निजीरसंस्थागत विद्यालय छ दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अत्यधिक गर्मीका कारण विद्यार्थी तथा स्थानीय मानिसमा विभिन्न प्रकारका रोगका संक्रमणहरु देखिन थालेपछि विद्याथलय वन्द गरिएको प्रशासनले जनाएको छ । वन्दका कारण कपिलवस्तुका विभिन्न ठाउँमा धेरैजना सर्वसाधारण तथा विद्यार्थी वेहोस भएका छन् । गर्मीले गर्दा सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ। निकै भीडभाड हुने मालपोत, विद्युत, प्रशासनलगायतका कार्यालयमा सेवाग्राहीको संख्या पहिलाको तुलनामा कम छ।

मजदुर, कृषक, विद्यार्थी, बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् । अत्याधिक गर्मीले सर्वसाधारणहरु घरबाहिर निस्कनै छाडेका छन् । तौलिहवा, पिपरा, बहादुरगंज अस्पताललगायतका स्वास्थ्य संस्थाहरुमा वृद्ध तथा बालबालिकाको संख्या बढ्दै गएको छ।

जल तथा मौसम मापन विज्ञान विभागको कपिलवस्तु इकाइ रामनगरका अनुसार जिल्लाको एक साता यताको अधिकतम तापक्रम ४२ देखि ४४ डिग्रीसम्म पुगेको छ।