राजनीति

दलाली, कालाबजारी, माफिया विरुद्ध विद्यार्थी संगठनको आन्दोलन, घुँडा टेकाएरै छोड्ने चेतावनी



जेष्ठ २९, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलीयम पदार्थमा दलाली, कालाबजारी, माफियाहरुको हात रहेको भन्दै सोको विरुद्ध सडक आन्दोलन कायृक्रम गर्दै सम्बन्धीत निकायलाई घुँडा टेकाएरै छोड्ने उद्घोष गरेका छन् ।

आज संयुक्त विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अखिल छौंठौं सहितको संयुक्त संगठनले काठमाडौंको शान्तिवाटीकामा पट्रोलीयम पदार्थमा भएको मुल्य वृद्धि विरुद्ध सडक बहस कार्यक्रम गर्दै सरकार तथा नेपाल आयल निगमको चर्को रुपमा आलोचना गरेका छन् ।

नेपाल सरकारले ६६ रुपैयामा ल्याउने गरेको पट्रोलको मुल्य हाल पटक पटक गरी भएको वृद्धिबाट ११३ रुपौयासम्म पुर्याएको भन्दै नेपाल आयल निगमले कालोबजारी गरेको बताएका छन् । कार्यक्रममा वोल्दै विद्यार्थी नेताहरुले विद्यार्थीलाई राहतको ठाउँमा आहात पुर्याएको समेत बताएका छन् ।

पट्रोलीयम पदार्थमा लगातार मुल्य वृद्धि गर्ने तर निगमले आफ्नो नाममा एउटा ट्याङ्कर, पेट्रोल पम्पसम्म भएको बताउँदै जनताको ढाड सेक्ने कार्यमा मात्र तल्लिन रहेको बताएका छन् ।