शैक्षिक

इटहरीमा यौनजन्य क्रियाकलाप संलग्न पाँच पक्राउ



जेष्ठ ३०, इटहरी ।  पछिल्लो समय यौनजन्य क्रियाकलाप वढ्ने क्रममा रहेको छ । इटहरी यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा पाँच युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इटहरी  उपमहानगरपालिका–६ खेतीखोलामा कोठा भाडामा लिई यौनजन्य क्रियाकलाप सञ्चालन गर्ने गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मंगलबार साँझ इटहरीका तीन युवती तथा मोरङका दुई युवकलाई नियन्त्रणमा लिएको हो ।

यसै क्रममा पक्राउ परेका युवतीहरुले स्थानीय विष्णु आचार्यको घर भाडामा लिई यौनजन्य गतिविधि सञ्चालन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ ।