जेष्ठ ३०, विराटनगर । प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशको नीति तथा कार्यक्रम पारितका क्रममा नीति तथा कार्यक्रम प्रस्थान विन्दु र एउटा गन्तव्य निर्धारण गर्ने बताएका छन् ।
प्रदेश १ को आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी, राप्रपा, संघीय समाजवादी फोरमले मात्र समर्थन गरे भने नेपाली कांग्रेस लगायतका पार्टीले विपक्षमा मतदान गरेका छन् । सरकारले जेठ २८ मा पर्यटन, उर्जा, कृषि, उद्योग, सामाजिक क्षेत्र र भौतिक पूर्वाधार बिकासमा जोड दिदै नीति तथा कार्यक्रम ल्याएको थियो ।
मुख्यमन्त्री राईले यो सपना बाँड्ने कागजको पुलिन्दा होइन, प्रदेश सरकारले आँखा खोलेर बनाएको समृद्ध नमुना प्रदेश बनाउने योजनामा नीति तथा कार्यक्रम समाहित भएको दावी गरेका छन् ।
प्रदेशलाई अधिकार सम्पन्न गरेर संघीयता कार्यान्वय गरेर नै छाड्ने प्रतिबद्धता जाहेर गदै मुख्यमन्त्री राईले भने ‘संविधानतः प्रदेशको अधिकार सिंहदरबारमा कसैले बाँधेर राख्न सक्दैन, त्यो सम्भव पनि छैन, सबै अधिकार प्रदेश सरकारले पाउने छ अनिमात्र संघीयता पूर्ण कार्यान्वयमा चरणमा प्रवेश गर्नेछ ।’










प्रतिक्रिया दिनुहोस्