जेष्ठ ३१, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नकेपा)का नेता एवम् राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले ‘यूएनडीपीले हामीलाई प्रशिक्षणको लागि नै सहयोग गर्न जरुरी नभएको बरु संसद भवन निर्माण, सांसदको लागि आवास बनाइदिए हुन्छ तर टुक्रे र खुद्रे कामको लागि सहयोगको लागि आवश्यक नरहेको बताएका छन् ।
रिपोर्टर्स क्लबमा बिहीबार आयोजित साक्षात्कारमा बोल्दै नेता शर्माले भने नेपालका सांसदहरुलाई एकरदुई वटा प्रशिक्षणको लागि विदेशीको सहयोग लिन जरुरी नरहेको स्पष्ट पारेका छन् । उनले भने, ‘उनीहरुले दिएको पैसा राष्ट्रिय महत्वका काममा सदुपयोग होस्, यो कुरा यूएनडिपीको केन्द्रीय हेडक्वार्टरमा पुगोस् ।’ नेता शर्माले साना(साना काममा सांसदलाई विदेश पठाउने र कार्यक्रममा बोलाउने काम भैरहेको भन्दै आपत्तिसमेत जनाए । उनले भने, ‘व्यक्तिरव्यक्तिसँग सम्पर्क बढाउने र प्रभावित पार्ने काम भएको छ, अब यी कामहरु बन्द होउन् ।’
शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल हुने दाबी गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमण विकास निर्माण र समृद्धिमा बढी केन्द्रित हुनुपर्छ, उनको भ्रमणले दुई देशबीचको सद्भाव बढाउने हो, नेपालको समृद्धिको लागि चीन र भारतबाट हामीले सहयोग लिन सक्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्