शैक्षिक

गृहमन्त्रालयको अर्को कडा कदम : एनजिओ र आइएनजिओलाई टाउको दुखाई



जेष्ठ ३१, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयद्वारा एनजिओ/आइएनजिओका सम्पूर्ण पदाधिकारीहरूको सम्पत्ति विवरण शिलबन्दी गरेर माग्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

हाललाई एनजिओरआइएनजिओमा कार्यरत कर्मचारीहरूले भने सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने छैन । एनजिओरआइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति मौलाउँदै गएको छ।

नियमन प्रभावकारी रूपमा गरी रिपोर्ट पठाउन गृहमन्त्रालयले यसअघि नै निर्णय गरिसकेको थियो। त्यसको कार्यान्वयनका लागि आज पत्राचार गरेको हो।