जेष्ठ ३१, काठमाडौं । नेपाल र नेपालीको पहिचानको रुपमा चन्द्र र सूर्य अंकित झण्डालाई आफ्नो अभिन्न अंगको रुपमा मान्ने नेपालका कलाकार तथा क्याप्टेन विजय लामाले नेपालमा मिडिया स्ट्रङ हुनु नै देश विकास हुने बताएका छन् ।
नेपाल र नेपालीको धरोहरका रुपमा रहेका क्याप्टेन तथा कलाकार लामाले भने गोलीले निश्चित व्यक्तिलाई मात्र मार्न सक्छ तर कलमले लाखौं मानिसको भाग्य र भविष्यको रेखा कार्ने बताउँदै सत्य, तथ्य र वास्तविकतामा अडिक र अब्बल भई मिडियाले राष्ट्र र राष्ट्रियताको पक्षमा विश्लेषण गर्ने गरेको बताएका छन् । मिडियाको नाममा केहीले गलत गरेता पनि धरै मिडियाकर्मीले यथार्थपरक रुपमा कलम चलाउने गरेको बताएका छन् ।
२१ औं शताब्दिमा युवा शक्तिले आफ्नो मुटु दर्हो बनाई देशको परिवर्तनको पक्षमा वकालत गरेको बताउँदै देशका राजनैतिक नेता, सरकारका मन्त्री लगायत जो सुकैले पनि सत्यलाई सत्य र गल्तीलाई गल्ती हो भनि स्वीकार्न सक्नुपर्ने बताएका छन् । मानवताको गुण तथा प्रजातन्त्रको विशेषता भनेको नै स्वतन्त्र तथा वास्तविकता रहेको बताएका छन् ।
क्याप्टेन लामाले प्रदेश नं. २ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमणका क्रममा जनकपुरमा स्वागत कार्यक्रममा नेपालको झण्डाको आकार र रंगको वारेमा गल्ती गर्नेलाई कारवाही गर्नुपर्नेमा मुख्यमन्त्री लालबाबु राउतले कसैको आडमा बोलेको भन्दै अभिव्यक्ति दिएकोमा दुःख व्यक्त गर्दै जनताले कसैको आड र भरोषामा काम गर्न निर्वाचित नगराई आफ्नै क्षमता तथा दक्षताका भरमा जनमुखी कार्य गर्दै देश विकास गर्नको निम्ती निर्वाचित गराएको बताएका छन् ।
नेपालमा सिस्टम राम्रो भएको तर सिस्टमलाई परिचालन गर्ने समुह खराव भएकाले त्यस्तालाई सहि बाटोमा ल्याउने काम पत्रकारको भएकाले त्यस्ता व्यक्ति वा संस्थाका वारेमा भण्डाफोर आग्रह समेत गरेका छन् ।
स्पेनको टिम स्टायलिष्ट भएकोले वर्ल्ड कपमा स्पेनलाई समर्थन गरेको बताउँदै नेपाल भएको खण्डमा सारा संसार छोडेर लाखौं खर्च गरेर भई पनि खेल भएको ठाउँमा खेल समाप्त हुने समयसम्म आफ्नो देशको झण्डा हल्लाएर बस्ने समेत उद्घोष गरेका छन् । क्याप्टेन तथा कलाकार लामाको राष्ट्र र राष्ट्रियता प्रतिको स्लोगन ‘जय चन्द्र सूर्य’










प्रतिक्रिया दिनुहोस्