शैक्षिक

मनसुनअझै निष्क्रिय, उपत्यकासहित देशभरी मौसम फेर बदल



असार १, काठमाडौँ । उपत्यकासहित देशभरी मौसम बदली भई केही ठाउँमा पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

 महाशाखाका अनुसार मनसुनी वायु र पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले पानी परेको जनाइएको छ । यसकै प्रभावले आज देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना कम छ। एकछिन मौसम खुले पनि फेरि बदली भइ केही ठाउँमा पानी पर्ने अनुमान रहेको  छ ।

यो वर्ष २ दिन छिटोगरी जुन ८ तारिखमा मनसुन पूर्वी नेपालमा प्रवेश गरे पनि अझै सक्रिय हुन सकेको छैन । सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन नेपालमा भित्रने गर्छ ।