असार १, काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तहमा खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ ।
आयोगका अनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको र प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको हो ।
आयोगका अनुसार खुलातर्फ ५ हजार ४९८, महिलातर्फ १ हजार ४२१, दलित महिलातर्फ ४९, मुस्लिम महिलातर्फ १७, आदिवासी जनजातीतर्फ १ हजार २१५, मधेशीतर्फ ९८६, दलिततर्फ ४०५, अपांगतर्फ २२५ र पिछडिएको क्षेत्रतर्फ १८० आरक्षण छुट्टाइएको छ ।













प्रतिक्रिया दिनुहोस्