समाचार

फूल खेती ‘जीवन जिउने आधार’ आयस्रोत दुईदेखि १० पुर्याउनु पर्नेमा जोड (फोटो फिचर)



असार १, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ७ द्वारा फूल वितरण कार्यक्रममा वोल्दै फूल खेती मानिसको जीवन जिउने आधार भएकोले आयस्रोतलाई दुईलाई १० पुर्याउनु पर्ने बताएका छन् ।

कार्यक्रममा वोल्दै सूर्यविनायक नगरपालिका वाड नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटालेसयपत्री फूलको विरुवा वितरण कार्यक्रममा वोल्दै सूर्यविनायक नगरपालिकाद्वारा दुईलाख सहयोगार्थ शुरु गरिएको उक्त फूल उत्पादन कार्यलाई आगामी वर्षमा कृषकले उत्कृष्ट बनाई वढाएर १० लाख बनाउन वाध्य बनाउने गरी उत्पादनमा वृद्धि गर्नको निम्ती कृषकलाई आग्रह गरेका छन् ।

नगरपालिकाद्वारा सहयोगार्थ उक्त खेतीमा जम्मा २९५८४ वटा फूलका विरुवाहरु रोपीएकोमा आज कृषकलाई २९४०० वितरण गरिएको छ भने वाँकी १८४ वटा फूलका विरुवाहरु निर्वाचित जनप्रतिनिधिहरुलाई स्वच्छ वातावरण सुन्दर नगरपालिका निमार्ण गर्नको निम्ती घर बाट शुरु गर्नुपर्छ भन्ने भावनालाई उजागर गर्दै वितरण गर्ने बताइएको छ ।

फूल वितरण गरी कृषकलाई आत्मानिर्भर बनाउनु नै अहिलेको आवश्यकता भएको बताउँदै हाइटेक ग्रीन हाउसले उक्त विरुवाहरु उत्पादन गरेको हो ।